×

TUNGOON

कोरोनाको संक्रमण बढेपछि महाकाली पारीको दोधारा चाँदनी नगरपालिका एक साता लकडाउन


काठमाडौं । पुस ३ गते
कोरोना भाइरसको संक्रमण बढेपछि महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा लकडाउन घोषणा गरिएको छ।केही सातादेखि दोधारा चाँदनीका विद्यालय सञ्चालन भइरहेका थिए। तर, शिक्षकहरुमै कोरोना संक्रमण देखिएपछि एक साताका लागि नगरपालिकाभरि लकडाउन गरिएको हो।गरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

यो अवधिमा विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ। दूध ढुवानी, औषधि पसल २४ सै घन्टा सञ्चालन हुनेछन।अतिआवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोर दोहर पूर्णरूपमा बन्द गरिएको छ।शिक्षकसँगै जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला