×

TUNGOON

आज बिहान सप्तरी गोठमा आगो लाग्दा ८५ वर्षीय वृद्धको ज्यान गयो


काठमाडौं । पुस ३ गते
आज बिहान सप्तरी गोठमा आगो लाग्दा ८५ वर्षीय वृद्धको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गोठमा सुतिरहेका झलाही यादवको मृत्यु भएको हो।विद्युत सट भएर लागेको आगोले गोठमा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको हो ।

आगोलाई साढे एक घण्टाको प्रयासमा नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासीले नियन्त्रण गरेका छन्। आगलागीबाट एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा लगिएको छ। आगलागीबाट मृत्यु भएको सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला