×

TUNGOON

भारत २४४ रनमा अलआउट, इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी



काठमाडौं । पुस ३ गते
अस्ट्रेलिया विरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा भारत २४४ रनमा अलआउट भएको छ । बोर्डर गावास्कर ट्रफी अन्तर्गत २३३.६ बाट दोस्रो दिनको खेल अघि बढाएको भारतले थप ११ रन जोड्दा बाँकी ४ विकेट गुमाएको हो । स्टार्क र कमिङ्सले दोस्रो दिन थप २–२ विकेट लिएका थिए ।ऋद्दिमन शाह ९ र रविचन्द्र आश्विन १५ ले दिनको खेल अघि बढाएका थिए । तर दुवै खेल कुनै रन नजोड्दै आउट भए । प्याट कमिङ्सले आश्विन र मिचेल स्टार्कले शाहको विकेट लिए । दुवैलाई विकेटकिपर टिम पेनले क्याचआउट गरे ।यस्तै उमेश यादव ६ रन बनाएर आउट भए भने मोहम्मद शामीले खाता खोल्न सकेनन् । उमेशलाई स्टार्कले म्याथ्यु वेडबाट क्याचआउट गराए भने शामीलाई कमिङ्सले ट्रेभिस हेटबाट क्याचआउट गराए ।पहिलो इनिङ्समा भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाउदा चेतेश्वर पुजाराले ४३ र अजिन्का रहानेले ४२ रन जोडे ।अस्ट्रेलियाका लागि स्टार्कले ४, कमिङ्सले ३ तथा जोस हाजलउड र नाथन लियोनले १(१ विकेट लिए ।अस्ट्रेलियाले शुक्रबारै आफ्नो पहिलो इनिङ्स सुरु गरिसकेको छ ।

त्यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३(२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ। यस्तै, प्रिमियर लिगकै अर्को खेलमा एस्टोन भिल्ला र बर्नलीले बराबरी खेलेका छन् । दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला