×

TUNGOON

आज नेपालमा थप ७८२ जनामा कोरोना संक्रमणको पुष्टि, १ हजार २९ जना कोरोनामुक्त



काठमाडौं । पुस ३ गते
आज नेपालमा थप ७८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १ हजार २९ जना कोरोनामुक्त भएका छन् ।आज देशभर ७८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७०६ जनाको पिसिआर परीक्षण हुँदा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ ।मन्त्रालयका अनुसार २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ७६५ पुगेको छ । हाल नेपालमा ९ हजार ३१७ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमा दुईसय २७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।जसमध्ये काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना संक्रमित थपिएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला