×

TUNGOON

आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री, आगामी तीन दिनसम्म अत्याधिक चिसो बढ्ने



काठमाडौ. । पुस ४ गते
आज देशभरको मौसम आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री रहेको छ । शुक्रबारको तुनलनामा शनिबार आज ०.४ डिग्री तापक्रम बढेको हो ।

शुक्रबार यो वर्षकै सबैभन्दा कम १.६ डिग्री रहेको थियो ।आज प्रदेश–१, वागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आगामी तीन दिनसम्म अत्याधिक चिसो बढ्ने भएकाले यसबाट बच्न मौसमविदले आग्रह गरेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला