×

TUNGOON

आज देशभर थप ७१० जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं । पुस ३ गते
आज देशभर थप ७१० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार १७५ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ ।पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ । मन्त्रालयका अनुसार ८ हजार ८४० जना आइसोलेसनमा छन् ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला