×

TUNGOON

स्पेनिस ला लिगामामा रियल मड्रिडको जित, टोटनहमलाई हराउँदै लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा



काठमाडौं । पुस ६ गते
स्पेनिस ला लिगामामा रियल मड्रिडले आइबरलाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी बराबरी गरेको छ । आइतबार राति भएको खेलमा आइरबलाई ३–१ ले पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लेको हो । समान अंक भए पनि रियल गोल अन्तरमा पछि छ ।एट्लेटिकोले १२ खेल खेल्दा रियलले १४ खेल खेलिसकेको छ ।आइबरको मैदानमा भएको खेलमा करिम बेन्जामाले छैटौं र ला मोडरिचले १३औं मिनेटमा गोल गरेपछि रियलले सुरुमै दुई गोलको अग्रता बनाएको थियो ।२८औं मिनेटमा आइबरबका किकेले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए ।

खेलको इन्जुरी टाइममा लुकास भजक्वेजले गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।जितपछि १४ खेलबाट २९ अंक जोड्दै रियलले सोसिडाडलाई पछि पारेको हो । १५ खेलबा६ २६ अंक रहेको सोसिडाड तेस्रो स्थानमा झरेको छ ।

तयस्तै टोटनहम हट्सपरलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । पेनाल्टी गोल र आत्मघाती गोल मद्दतमा लेस्टरले टोटनहमलाई २(० ले पराजित गरेको हो ।टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी टाइममा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।टोटनहमका सर्जि अउरिरले वेस्ले फोफानालाई फाउल गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो । पछि भिएरआर रेफ्रीले पनि पेनाल्टी नै मान्यता दिएपछि भार्डीले गोल गरेका थिए ।४८औं मिनेटमा जेम्स म्याडिसनले लेस्टरका लागि गोल गरेका थिए तर भिएआरले मान्यता दिएन । ५९औं मिनेटमा टोटनहमका टोबी एल्डरवेयरल्ड्ले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता दोब्बर पारेको थियो ।भार्डी एकै टिमको तीन स्टेडियममा गोल गर्ने प्रिमियर लिगकै पहिलो खेलाडी बनेका छन् । उनले टोटनहमको ह्वाइट हार्ट लेन वेम्ली र वर्तमान टोटनहम हस्टपर स्टेडियममा गोल गरेका हुन् ।जितपछि १४ खेलबाट २७ अंक जोड्दै लेस्टर दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लगातार दोस्रो हारपछि टोटनहम चौथो स्थानमा झरेको छ । टोटनहमको समान खेलबाट २५ अंक छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला