×

TUNGOON

अमेरिकामा एकै दिन १ लाख ८३ हजार भन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पुस ६ गते
काठमाडौ। । पुस ४ गते
भारतमा एकै दिन २४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा २४ हजार ५८९ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ३ सय ३० जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४५ हजार नाघेको छ ।

भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ५ हजार १५ जना रहेका छन् । भारतमा हालसम्म ९६लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ८३ हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख २४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४१४ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ ७१ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १६ लाख ९९ हजार ५६० पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला