×

TUNGOON

प्रधानमन्त्री ओली निकट सांसदहरू बालुवाटारमा



काठमाडौं । पुस ६ गते
आज नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गर्नु भएको छ । आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गर्नु भएका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई आज बिहान बालुवाटारमा बोलाउनु भएको थियो ।

अहिले उहाँनिकट सांसदहरू बालुवाटारमा पुगिसकेका छन्। पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्। यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए। साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँग छलफल गर्न लागेका हुन्।

आफू पक्षीय सांसदहरूसँग ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे कुरा गर्ने बताइएको छ। ओलीबिना बसेको आइतबारको स्थायी कमिटी बैठकले मंगलबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला