×

TUNGOON

आज सुनको मुल्य ९ सय रुपैंयाले बृद्धि



काठमाडौं । पुस ६ गते
आज नेपाली बजारमा सुनको मुल्य ९ सय रुपैंयाले उकालो लागेको छ । आज छापावाला सुन ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आइतबार सुन ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मुृल्य भने ९४ हजार ७ सय रुपैंया रहेको छ । आइतबार नेपाली बजारमा तेजावी सुनको मुृल्य प्रतितोला ९३ हजार ८५० रुपैंया रहेको थियो ।यसैगरी चाँदीको मुल्य पनि ४० रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला