×

TUNGOON

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ लाख नाघ्यो



काठमाडौ। पुस ७ गते
भारतमा एकै दिन १९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १९ हजार १७४ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार ४२२ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ३ सय २ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४६ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख ९३ हजार ६६३ जना रहेका छन् ।

भारतमा हालसम्म ९६ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख १०९ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख २६ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८४१ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ ७७ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ९३६ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला