×

TUNGOON

ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी



काठमाडौ। पुस ७ गते
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाही गरेको पत्र यस अघि नै निर्वाचन आयोगमा दर्ता गरेको खुलेको छ ।

अहिलेको बैठकमा नयाँ करिब ३ सय केन्द्रीय सदस्य थप गर्ने तयारी भएको बुझिएको छ ।ओली निकट नेताहरुले नयाँ केन्द्रीय सदस्यहरुलाई आजै शपथ गराउने तयारी भएको बुझिएको छ ।अहिले नेकपामा निर्वाचन आयोगको अभिलेख अनुसार ४४१ केन्द्रीय सदस्य रहेका छन् भने प्रचण्ड(नेपाल पक्षमा करिब ३ सय केन्द्रीय सदस्य रहेका छन् । त्यस्तै ओली पक्षमा करिब १३० केन्द्रीय सदस्य रहेका छन् भने करिब एक दर्जन केन्द्रीय सदस्य अहिले कुनै पक्षमा नलागेको बताइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला