×

TUNGOON

चिसो मौसममा कपाललाई स्वस्थ बनाउने ४ घरेलु उपायहरु



काठमाडौ। पुस ७ गते
कपाल शरीरको सौन्दर्यको मुख्या पाटो हो । कालो, लामो र बाक्लो कपाल जो कोहीलार्य पनि मन पर्छ । हाल चिसो एकदमै बढेको छ जसका कारण कपालमा धेरै समस्या आउने गर्छन् । चिसो याममा कपालको विशेष ख्याल गर्नुपर्छ । चिसो मौसममा कपाल रुखो हुन सक्छन् भने चायाँको समस्या पनि बढ्न सक्छ । यस्तो समस्याले कपाललाई जरैदेखि कमजोर बनाउन सक्छ र कम उमेरमा नै मानिसहरुको कपाल झर्न सुरु हुन्छ । चिसो मौसममा कपाललाई स्वस्थ र चम्किलो बनाउने घरेलु उपायहरु यसप्रकार छन् ।

१. चिसो मौसममा कपालको ट्रिमिङ गर्नु पनि राम्रो विकल्प हो । तर बजारका केमिकलको मिसावट भएका सामाग्री ल्याएर कपालको ट्रिमिङ गर्नु हुँदैन । यसका लागि घरमै बनाएका लेप लगाउनु उचित हुन्छ । त्यसका लागि एक वा दुई चम्चा मह, ३ चम्चा दही, प्याज र अदुवाको रस, घिउकुमारी, अमलाको रस, मिसाएर यसको लेप कपालमा लगाउदा कपाल चिल्लो हुनुका साथै झर्न रोक्ने र चाया पर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । चिसोको हावाले कपाललाई रुखो बनाउँछ जसका कारण कपाल टुट्टे, झर्ने र हाँगा फाट्ने गर्छ ।

२. चिसो मौसममा दिनदिनै टाउको नुहाउनबाट जोगिनुपर्छ । हरेक दिन नुहाउँदा टाउकोमा भएको प्राकृति तेल सुक्छ र यसले तपाईंको कपाललाई अस्वस्थ र रुखो बनाउँछ । हप्तामा दुईपटक नुहाउनु राम्रो मानिन्छ ।

३. . हप्तामा एकपटक नरिवल वा बदामको मनतातो तेलले कपालको जराको मसाज गर्नुहोस् । यसले टाउकोमा रक्त सञ्चार राम्रो हुन्छ । साथै कपालको रुखोपन हट्छ र चिसो मौसममा पनि कपाल स्वस्थ रहनेछ ।

४ . चिसो मौसममा कपाललाई जति सक्दो टोपेर राख्नु पर्छ । कपाललाई जुरो बनाउनुहोस् वा बाट्नुहोस् र स्कार्फले ढपक्क ढाक्नु पर्छ, यद्यपि, दिउँसो भने कपाल र पूरा शरीरलाई घाम पर्ने गरी बाहिर बस्नु उचित हुन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला