×

TUNGOON

स्पेनिस ला लिगामा ग्रानडामाथि रियल म्याड्रिडको जित


काठमाडौं । पुस ९ गते
स्पेनिस ला लिगामा गएराति सम्पन्न भएको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ । रियल म्याड्रिडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा कासेमिरो र करिम बेन्जमाले एक एक गोल गरेका थिए ।यो जितपछि रियलले ला लिगामा लगातार छैठौं जित हासिल गरेको छ ।यो जितपछि रियल म्याड्रिडले महत्पूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमाहेको एटलेटिको म्याड्रिडसँग बराबरी गरेको छ ।रियलको १५ खेलमा ३२ अंक रहेको छ भने लिगमा दोस्रो स्थानमा रहेको छ ।त्यस्तै ग्रानडाको भने १४ खेलमा २१ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला