×

TUNGOON

आजको राशिफल, कस्तो रहनेछ तपाईको दिन ?



काठमाडौं । पुस ९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफूलाई कमजोर भएको महसुस हुनेछ, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने योग रहेको छ । आजको तपाईको समय मध्यम खालको छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
रोकिएका काम पुनः सुरु हुन सक्नेछन्, जग्गाजमिनको कारोबारबाट लाभ हुनेछ । जटिल ठानिएको कामसमेत सम्पन्न हुनसक्छन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनु हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । स्वादिष्ट भोजन पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाईन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला