×

TUNGOON

बैतडीको सुर्नया गाउँपालीकामा जिप दुर्घटना हुँदा १ को मृत्यु, ३ जना घाईते ।।



काठमाडौं । पुस ९ गते
बैतडीको सुर्नया गाउँपालीकामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको भने ३ जना घाइते भएका छन् ।

धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना भएको हो । उक्त घटना परि ज्यान गुमाउनेमा बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहरा रहेका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा रहेका छन् । बोहरा बाहेक अन्य २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला