×

TUNGOON

अमेरिकामा एकै दिन ३ हजार भन्दा बढीको मृत्यु


काठमाडौ। । पुस ९ गते
भारतमा एकै दिन २४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा २४ हजार २३६ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ३ सय २ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४६ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८४ हजार ७०५ जना रहेका छन् । भारतमा हालसम्म ९६ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख ३२ हजार ३४२ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ३४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४०१ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ ९० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १७ लाख ३७ हजार ५०५ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला