×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला १ सयले उकालो


काठमाडौं । पुस ९ गते
आज नेपाली सुनचाँदी बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला १ सयले उकालो लागेको छ । बुधबार प्रतितोला ९सयले ओरालो लागेको सुनको मूल्यमा आज छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो । यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ६ सयमा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५ सयमा कारोवार भएको थियो । चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ ले वृद्धि भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला