×

TUNGOON

आजको राशीफल,कस्तो रहने छ तपाईको दिन ?


काठमाडौं । पुस १० गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ भने धार्मिक यात्राको समय रहेको छ । नयाँ कार्यको योजना बन्नेछ र साहित्यिक क्षेत्रमा रुची बढ्ने यो देखिन्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नुका साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आत्मबलमा बृद्धि र सन्तुष्टि प्राप्त हुनेछ, प्रेमीको सहयोग मिल्नेछ भने अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग पाइनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तको सहयोग प्राप्त हुनेछ भने आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने र शुभ समाचार सुन्न पाइएला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ र स्वादिष्ट भोजन पाईनेछ । शुभकार्यको चर्चा चल्छनुका साथै परिवारमा सुख सन्तोष छाउनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ भनेअनावश्यक झमेलामा परिने छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
विद्या तथा प्रतिश्पर्धामा सफल भईनेछ भने लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनुका साथै आत्मिक सन्तुष्टि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज प्रतिष्ठित काम गर्ने मौका छ रहेको भने मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत मिल्ने छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जोश जाँगर र हिम्मत वढ्छनुका साथै मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ र परिवारिक सद्भाव बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा० आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ भने न्यायिक कार्यमा सफलता पाइनेछ । ् शुभकार्यको चर्चा चल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला