×

TUNGOON

प्रसिद्ध धार्मिक तिर्थस्थल खोटाङको हलेसी मन्दिर दर्शनार्थीहरुका लागि आठ महिना पछि खुला



काठमाडौं । पुस १० गते
नेपालमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल खोटाङको हलेसी मन्दिर दर्शनार्थीहरुका लागि आठ महिना पछि खुला गरीएको छ । कोरोना महामारीका कारण बन्द रहेको पवित्र धार्मिकस्थल हलेसी प्रवेश खुला भएसँगै दर्शनार्थिको भिड लाग्न थालेको छ ।

कोरोना महामारीका कारण गत चैत ८ गतेदेखि बन्द रहेको हलेसी प्रवेश खुला भएसँगै दर्शनार्र्थीहरुको भिड लागेको हो ।स्वास्थ्य सुरक्षाको पालना गर्दे दर्शनार्थीको पूजाआजा नरोकिने गरी हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान रहेको मुख्य गुफा र बसाहा गुफा प्रवेशमा खुला गरेको हो ।मूल गेटबाट एक पटकमा १० जना दर्शनार्थीमात्र मन्दिरभित्र प्रवेश गराइने छ ।भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला