×

TUNGOON

पश्चिमी वायुको भावका कारण देशभर चिसो बढ्यो


काठमाडौं । पुस १० गते
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो समय पश्चिमी वायुको सामान्य प्रभावकै कारण तराईई र पहाडका केहि भू–भागमा हुस्सु लाग्न थालेको छ । हाल गण्डकी, वागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

केही दिनयता नेपालको मौसममा पश्‍चिमी वायुको प्रभाव परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र वागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।अधिकांश ठाउँको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसमविद्को अनुरोध छ। आगामी २४ घण्टाको मौसमी अनुमान अनुसार तराई तथा पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सचेत गराइएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला