Spread the love
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares


काठमाडौ। पुस १० गते
भारतमा एकै दिन २३ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा २३ हजार ९२४ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ लाख १४ हजार ४६८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ३ सय ५० जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४७ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८३ हजार १४२ जना रहेका छन् । भारतमा हालसम्म ९७लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ९३ हजार ६८० जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ३७ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ७ करोढ ९७ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १७ लाख ४९ हजार ६०६ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।