×

TUNGOON

जाडो याममा हात,खुट्टा लगायत शरीर सुन्निनुका कारण,बच्ने उपाय र लक्षणहरु



काठमाडौ.। पुस १० गते
आल नेपालमा पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभर चिसो एकदमै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो समय पश्चिमी वायुको सामान्य प्रभावकै कारण तराईई र पहाडका केहि भू–भागमा हुस्सु लाग्न थालेको छ । त्यसैले अहिले जाडो जाडोले चरम रुप लिदै छ । जडोमा बिभिन्न प्रकारका स्वास्थ्य समस्या आउने गर्दछन् । त्यसले जाडो याममा स्वास्थ्यको बिषेश ख्याल राख्नु पर्छ ।

जाडो मौसममा हातखुट्टाका औंला रातो हुने, सुन्निने, चिलाउने, पोल्ने वा घाउ भएर फुट्ने समस्याले निकै सताउँने गर्छ । कसैकसैलाई त जाडो मौसममा हातखुट्टाका औंलाहरुमा मात्रै होइन, कानको लोती र नाकको टुप्पोमा समेत यो समस्या देखापर्नुका साथै नाकको टुप्पो वा कानको लोती चिलाउने, रातो हुने, सुन्निने र घाउ हुनेसमेत गर्छ । यस्तो समस्या बच्चादेखि वृद्धवृद्धासम्मलाई सबैलार्य हुन्छ तर, ४० वर्षसम्मका व्यक्तिहरु तथा मुटु रोगी, बाथ रोगी र अन्य दीर्घरोगीहरुमा उक्त समस्या बढी देखिन्छ ।जाडो याममा हातखुट्टाका औंला, नाकको टुप्पो, कानको लोतीमा भएका रक्तनलीहरु साँघुरो हुन्छन् र यो समस्या देखापर्छ ।

यो समस्यालाई समयमै ख्याल गरेर घरमै उपचार गर्न पनि सकिन्छ । यद्यपि, यसलाइृ रोगलाई बेवास्ता गरी समयमै उपचार नगरेको खण्डमा समस्या बल्झिदै गएर औंलासमेत झर्न सक्छ । त्यसैले बेलैमा उपचार गर्नु पर्छ । जाडो मौसममा प्रायः मानिसहरुको छाला फुस्रो हुने, हातखुट्टा सुनिने समस्या देखिन्छ ।जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ।‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।

यसका लक्षण
– जुन भागमा चिसोको मात्रा बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ,
– चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ,
– हातखुट्टा झमझम गर्छ,
– पानीको फोका आउन थाल्छ,
– त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगर घाउ बढेर अल्सरसमेत हुन सक्छ।

बच्ने उपायहरु
यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिकता हो। चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि, पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो।

रगत सर्कुलेसनलाई बढाउने उपाय अपनाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

जाडो याममा हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाउने,न्यानो टोपी, मोजा, पञ्जा लगाएर मात्रै घर बाहिर निस्कने, शरीरको खुला भागलाई पनि न्यानो पारेर राख्ने ।जोडो मौसममा चिसो पानी सकभर नखेलाउने , भाडा माझ्दा, लुगा धुँदा र घरायसी काम गर्दा सकेसम्म मन तातो पानीको प्रयोग गर्ने ।बिहान बेलुका मनतातो पानीमा करिब १५ मिनेट हातखुट्टा डुबाउने ,साँझ बिहान आगो वा हिटर बालेर ताप्ने । हात खुट्टाका औंलाहरु घाममा सेकाउने आदि हुन।

यो रोग लाग्नु कारणहरु

जाडो याममा घरधन्दामा बढी सक्रिय हुनेलाई औँलामा यी समस्या देखिन्छ। जस्तै, चिसो पानीले भाडा माझ्नाले, चिसो पानीमै लुगा धुने वा अन्य घरायसी काममा बारम्बार पानी चलाइरहने अथवा चिसो ठाउँमा धेरैबेर बस्न पर्ने मानिसहरुलाई उक्त समस्या हून्छ ।

ुचिसो मौसममा मानिसको शरीरका रक्तनलीहरु साँघुरिन्छ। रक्तसञ्चारमा गडबडी हुँदा वा नसाहरु खुम्चिएर रक्तसञ्चारमा अवरोध हुँदा ससाना नलीहरु खुम्चिछन् । जसले गर्दा चिलब्लेन रोग लाग्ने गर्छ िजाडो याममा चिसोबाट बच्न सिधै शरीरलाई तताउँदा पनि मसिना रक्तनलीहरु फुटेर छालामा विभिन्न खालका समस्या आउँछन्

धेरै चिसो चलाइरहँदा रक्तसञ्चार कम हुँदा छालाको रङमा परिवर्तनसमेत आउन सक्छ । शरीरमा एलर्जी भएमा वर्षैपिच्छे यो समस्या दोहोरिन सक्छ ।

लक्षणहरु

— चिसो लागेको भागमा छालाको रङ विस्तारै परिवर्तन हुँदै जान्छ ।

—छालाको रङ गाढा निलो र रातो हुने गर्छ ।

—पोल्ने, चिलाउने, सुनिने र दुख्ने गर्छ ।

—चिलाएको ठाउँमा कन्याउँदा घाउसमेत हुन सक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला