×

TUNGOON

विश्वभर कुल कोरोना संक्रमितको संख्या ८ करोड नाघ्यो


काठमाडौ। पुस ११ गते
भारतमा एकै दिन २२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा २२ हजार ३५० जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा २ सय ५१ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४७ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८३ हजार ५७ जना रहेका छन् । भारतमा हालसम्म ९७ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख नाघेको छ भने गएको २४ घण्टामा ९८ हजार ८४० जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ३८ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ८ करोढ २ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १७ लाख ५७ हजार ७०३ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला