×

TUNGOON

आज नेपालमा थप ५ सय जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं । पुस ११ गते
आज नेपालमा थप ५ सय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ सय पुगेको छ।गत २४ घण्टामा ५ हजार ४ सय ३४ पीसीआर परीक्षण भएको छ। हाल देशभर ६ हजार ७ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ पुगेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला