×

TUNGOON

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदुई खेल हुँदै,पहिलो खेलमा कर्णाली र लुम्बिनी प्रदेश भिड्ने



काठमाडौं । पुस १२ गते
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदुई खेल हुँदैछन् ।समूह ए अन्तर्गत दोस्रो चरणको खेलमा कर्णाली र लुम्बिनी तथा आर्मी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ ।दाङ्गको लमहीमा जारी प्रतियोगिताको पहिलो खेलमा कर्णाली र लुम्बिनी प्रदेश भिड्नेछन् ।पहिलो खेलमा लुम्बिनीले प्रदेश नम्बर २ माथि ९ विकेटको शानदार जित निकालेको थियो । कर्णाली भने एपीएफसंग २ सय ४ रनले पराजित भएको थियो ।

अघिल्लो चरण प्रवेशका लागि दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान उत्रनेछन् ।दोस्रो खलमा एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफले पहिलो खेलमा कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको थियो भने प्रदेश २ लुम्बिनी प्रदेशसंग पराजित बनेको थियो ।प्रतियोगिताको दाबेदार एपीएफ दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ । प्रदेश २ प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।तालिकामा लुम्बिनी र एपीएफले समान ३ अंक जोडेका छन् । प्रदेश २ र कर्णाली अंक विहिन छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला