×

TUNGOON

साताको पहिलो दिन आज कस्तो छ तपाईको दिन, हेर्नुहोस् राशिफल


काठमाडौं । पुस १२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आँटेको र ताकेको कार्यहरू पुरा हुनेछन् भने नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अङ्कार प्राप्ति हुनुका साथै रमाइलो यात्राको योग रहेको छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफन्तहररूको सहयोगले कामहरू अगाडी बढ्नेछन भने दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मन खिन्न हुने स्थिति आउनुका साथै महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनसक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कुटुम्बको सहयोग मिनुका साथै कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध बलियो र कसिलो हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ भने शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आत्मबल बढ्नेछ, शत्रुहरू पराजित हुनेछन्भने आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुटकारा मिल्नेछ । सन्तान सुख पनि हुनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला