×

TUNGOON

कस्तो छ तपाईको दिन ? हेर्नुहोस आजको राशिफल



काठमाडौं । पुस १३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । घरमा अतिथीको आगमन हुनेछ भने पढाइमा प्रगति हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आजको दिनमा प्रतिष्ठित काम गर्ने मौका मिल्लेछ, आत्म–विश्वास बढ्नुका साथै विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ भने शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आलस्य र थकानको अनुभूति हुनेछ , नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ भने आर्थिक सङ्कटले सताउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नुका साथै रोजगारको अवसर मिल्ने योग रहेको छ , राजनैतिक कार्यमा सफलता मिल्नेछ भने समय उत्साहवर्द्धक नै रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मुद्दा मामिला आइलाग्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्रा हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज गरेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला