×

TUNGOON

आज प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदै, पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ मैदानमा उत्रिए



काठमाडौं । पुस १३ गते
आज प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । समूह ए को समूहचरणको अन्तिम खेल हुन लागेको छ भने दाङको देउखुरी क्रिकेट रंगशालामा साढे नौ बजेबाट सुरु हुने पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ मैदानमा उत्रिएका छन् । दोस्रो खेलमा दिउँसो सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी समूह प्रतिस्पर्धा गर्नेछन् ।दुवै टिम सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।

आजको खेलको नतिजाबाट समूह ुएु को विजेता र उप(विजेताको टुंगो लाग्ने छ । समूह ुबीुमा सुदूरपश्चिम प्रदेश, प्रदेश १, गण्डकी र वाग्मती प्रदेश रहेका छन् ।समूह ुबीुको खेल भोलिदेखि सुरु हुने छ । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला