काठमाडौं । पुस १३ गते
आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने हाल बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ। आज प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।