Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं । पुस १४ गते
प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लण्डन क्लब चेल्सी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । पहिले अग्रता लिएर पनि चेल्सीले एस्टन भिल्लासँग १(१ को बराबरी खेल्दै अंक बाँडेको हो ।घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको ३४औं मिनेटमा बेन चिलवालको पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा चेल्सीले अग्रता कायम राख्यो तर दोस्रो हाफमा एस्टन भिल्लाले गोल फर्कायो । एस्टन भिल्लाका लागि ५०औं मिनेटमा अजवर एल गाजीले बराबरी गोल गरेका थिए ।बराबरीपछि समान २६ अंक जोडेको उस्टन भिल्ला र चेल्सी क्रमश ,पाँचौ र छैटौं स्थानमा उक्लेको छ । गोलअन्तरमा एस्टन भिल्ला अघि छ ।चेल्सीले १६ खेल खेलिसकेको छ भने एस्टन भिल्लाले १४ खेल मात्र खेलेको छ । यस्तै सोमबार राति नै तय भएको एभरटन र म्यानचेष्टर सिटीबीचको खेल भने सिटीको खेलाडीमा कोभिड(१९ को संक्रमण देखिएको भन्दै स्थगित भएको छ ।लिगमा १५ खेलबाट ३२ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा छ ।