×

TUNGOON

कस्तो छ तपाईको दिन ? हेर्नुहोस आजको राशिफल



काठमाडौं । पुस १४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ,व्यापार ब्यबसायबाट आम्दानी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ कमको थालनी हुनेछ भने कला,साहित्य तथा संगीतमा रुचि बढ्नुका साथै अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ भने विद्या र बुद्धिको विकास हुनेछ, बैदेशिक कार्य अघी बढ्छनुका साथै इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सामान हराउने वा चोरी हुने भयछ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजकता अपनाउनु होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तको प्रगतिमा मन रमाउनेछ , शिक क्षेत्रको काम अघी बढ्नेछ भने भौतिक साधन जुटाउने समय छ, विद्या र बुद्धिके विकास हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्ला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । ( ज्यो।प। नारायणप्रसाद दुलाल


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला