×

TUNGOON

आज नेपाली सुन चाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट



काठमाडौं । पुस १४ गते
आज नेपाली सुन चाँदी बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएको छ । आज सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसअघि शुक्रबारको मूल्यमा आइतबार स्थिर रहँदै सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला