×

TUNGOON

हाल देशमा पश्‍चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाद्वारा जानकारी



काठमाडौं । पुस १६ गते
हाल देशमा पश्‍चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरि आज राती प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला