×

TUNGOON

वास्तु शास्त्रका अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु



काठमाडौं । पुस १६ गते
वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुशास्त्रको नियम अनुसार कार्य गर्दा सकारात्मक शक्तिको बास हुने र नकारात्मक शक्ति बाहिरिने धार्मिक विस्वास रहेको छ । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।

वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।

यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। आाज हामि घर बनाउदा कुन दिशामा बनाउने भन्नेबारे चर्चा गर्न गैरहेका छौ ।

१ वास्तुका अनुसार घरको दक्षिण पश्चिम भागमा रुखहरु रोप्नु पर्छ। यसले घरको दुर्भाग्य र व्यवसायलाई बचाउने गर्छ ।वास्तुका अनुसार घरको दक्षिणी र पश्चिमी भित्ता उत्तरी र पुर्वी भन्दा अग्लो र मोटो हुनु बनाउँनु पर्छ। वास्तुका अनुसार पैसा राख्ने, वाकस, दराज वा लकरलाई घरको दक्षिण वा दक्षिण पश्चिम भित्तामा राख्नु पर्छ ताकी उत्तर दिशा खाली फर्कियोस। उत्तर दिशा कुबेरको दिशा हो। यसरी पैसा राख्ने भाडो उत्तरतिर फर्काउदा पैसाको कमि नहुने विश्वास रहेको छ ।

२ वास्तुका अनुसार घरको छानाको दक्षिण पश्चिमी भाग उत्तर पुर्वी भाग भन्दा उच्च हुनु पर्छ। अर्थात घरको छानो दक्षिण पश्चिम तिरबाट उत्तरपुर्वतर बनाउँनु पर्छ ।वास्तुका अनुसार घरको मुख्य ढोका सजाउएर राख्नुलाई शुभ मानिन्छ। घरभित्र बैजनीरंगको भाडोमा विरुवा राख्नु पर्छ ।वास्तुका अनुसार घसका झ्यालहरु उत्तर – पुर्व दिशामा बनाउँनु पर्छ ।

३. घरको आँगन ठुलो र फराकिलो बनाउँनु पर्छ, वास्तुका अनुसार घरको पूर्व तथा उत्तर दिशा देवस्थान भएकाले यस दिशामा शौचालय बनाउनु हुँदैन । यस स्थानमा शौचालय भएमा यसले घरमा धेरै प्रकारका समस्याहरु ल्याउने कुरा वास्तु शास्त्रमा बताइएको छ । प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो,ढोका खोल्दा बन्द गर्दा आवाज नआउँने, ढोका धरातलभन्दा तल नबनाउँने, पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु पर्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला