×

TUNGOON

कस्तो छ तपाईको दिन? हेर्नुहोस् आजको राशिफल



काठमाडौं । पुस १७
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अधुरो काम पूरा हनेछन् भने व्यवसायका लागि यात्राको सम्भावना रहेको छ , महिला वर्गबाट विशेष सहयोग मिल्नुका साथै वैदेशिक कार्य अघि बढ्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आम्दानी प्रशस्तै बढ्नेछ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने योग रहेको छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ कमको थालनी हुनेछ, धार्मिक यात्राको योग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ र अचल सम्पत्ति हात पर्ला ।

कर्कट
, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् , नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, महिला वा मित्र बाट विशेष सहयोग पाईनेछ ।े

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज काममा केही चुनौती आइलाग्ने छन् भने मन खिन्न हुने स्थिति आउनसक्छ र बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ, नैतिक कार्यमा सफलता मिल्नेछ भने शुभकार्यको चर्चा चल्नेछ र उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रमको उचित मुल्याङ्कन हुनेछ, अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै शुभकार्यको चर्चा चल्नेछ भने आँटेको र ताकेको कार्य पुरा होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ भने आतिथ्यपूर्ण सम्मान पाइएला, प्रेम र मित्रताको बन्धन कसिने बेलाछ, वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग रहेको छ भने पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला र अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ भने परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण भईनुका साथै कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पराक्रम र उत्साह बढ्नेनुका साथै प्रतिस्पर्धी परास्त होलान् भने मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ र स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ, बोलीको प्रभाव पनि बढ्नेछ भने दाम्पत्य सुखले प्रफुल्लित भइनेछ र बौद्धिक काममा सफलता मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला