×

TUNGOON

आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि


काठमाडौं । पुस १७
आज नेपाली बजारमा सुनको मूल्यमा ४ सय वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सयमा कारोबार भएको थियो ।

C

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ९३ हजार ६०० मा कारोबार भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला रू। एक हजार ३०० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला