Spread the love
  • 84
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares


काठमाडौं । पुस १८ गते
बागमती गाउँपालिकामा ‘अध्यक्ष कप बागमती गाउँपालिका दोस्रोपटक खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरिने भएको छ । बागमती खेलकूद विकास समिति र गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रकास तामाङले जानकारी दिनु भएको छ । बागमती गाउँ पालिका भित्रका युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो यही पौष २५ देखि २९ गतेसम्म हुने प्रतियोगितामा गाउँपालिकाभित्रका घुसेल माल्टा, भट्टेडाँड प्युटार ईकुडोल आश्राङ गिम्दि यी ७ वडा भित्र को युवाहरुले मात्र भाग लिन पाँउने भएको छ।

यो पटक कोभिड १९ को कारणले गर्दा खुल्ला अध्यक्ष कप गर्न नपाए पनि पालिका भित्र को युवा खेलाडीहरु मात्र सहभागी हुने बागमती गाउँ पालिका अध्यक्ष वीर बहादुर लोप्चानले जानकारी दिनु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद र बागमती गाउँ पालिका लागि खेल भन्ने मुल नाराकासाथ आयोजना हुने प्रतियोगिताको बिजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रो २५,००० चौथाई ट्रफिर प्रमानपत्र नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, कदरपत्र, मायाको चिनो प्रदान गरिने बागमती खेलकुद विकास समितिका अध्यक्ष बुद्धराज नेगीले जानकारी दिनु भएको छ । बागमती गाउँपालिकाको वडा नं.४ प्युटारको खयरघारी खेलकुद मैदानमा प्रतियोगिता हुने र अध्यक्ष कप फुटबलको बिजेतालाई १ लाख राशीको पुरस्कार
तोकिएको छ ।