×

TUNGOON

कस्तो रहला आजको तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुस १९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै सही समयमा सही निर्णय लिन सकिने यो रहेकाृ छ भने व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ भने दिनको उत्तरार्ध अधिक सुखद् रहनुका साथै शुभकार्यको चर्चा चल्नेछ र प्रेम प्रस्ताव समेत आउन सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज यात्रामा विशेष लाभ मिल्ने छ भने शत्रुपक्ष र रोगबाट छुटकारा मिल्ने समयरहेको छ र शेयरको कारोवारमा समेत सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आतिथ्यपूर्ण सम्मान पाइनुका साथै नयाँ कमको थालनी हुनेछ भने धार्मिक यात्राको योग रहेको छ साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धार्मिक कार्य सफल रहनुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ भने बौद्धिक काममा सफलता मिल्नेछ र प्रेम सम्बन्ध कसिलो हुनुका साथै अधुरो काम पूरा हनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज राजनैतिक कार्यमा बाधा आउनुका साथै नाक तथा घाँटीमा समस्या आउने योग रहेको छ , सामान हराउन पनि सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज दाम्पत्य सुखले प्रफुल्लित भइनेछ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै महिला वर्गबाट विशेष सहयोग मिल्नेछ भने वैदेशिक कार्य अघि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ भने अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछन् भने दाम्पत्य जीवन सुखमय हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिनुका साथै आँटेको र ताकेको कार्य पुरा हुनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देएको छ भने नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुपर्ने छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज प्रेम र मित्रताको बन्धन कसिने बेला रहेको छ भने काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ साथै नयाँ कार्यको योजना बन्नेछ र शुभकार्यको चर्चा चल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग रहेको छ भने आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नुका साथै अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला