×

TUNGOON

बिग बाश लिगको पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिन सन्दिप सफल


काठमाडौं । पुस १९ गते
बिग बाश लिगमा अन्तर्गत होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दिपले लामिछानेले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिन सफल भएका छन् । कोरोना भाइरस सङ्क्रमण र अष्ट्रेलिया पुगेपछि पनि १४ दिन क्वरेण्टीनमा बस्नुपरेका कारण सन्दिपले आफ्नो टीमको तर्फबाट छैठौँ खेलपछि मात्रै खेल्ने मौका पाएका हुन् ।

शनिबार भएको खेलमा सन्दिप आवद्ध होवर्ट ह्युरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले हराएको थियो । होवर्टले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाएको थियो । मेलबर्नका लागि ग्लेन म्याक्सवेलले ७० रन बनाएपनि टिमलाई जिताउन सकेनन् । आजको जीतसँगै होवर्ट ह्युरिकेन्स १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला