×

TUNGOON

जिन्दगीभरको मेहनतले’ संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाईयो – पूर्वप्रधानमन्त्री डा. भट्टराई



काठमाडौं । पुस १९ गते
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कुपुत्र र राष्ट्रपति भण्डारीलाई कुपुत्रीको संज्ञा दिनु भएको छ । डा. भट्टराईले आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै जिन्दगीभरको मेहनत खेर जान लागेको भन्दै दुःख व्यक्त गर्नु भएको छ । उहाँले प्रधानमन्त्री केपी ओलीलाई कुपुत्रको संज्ञा दिदै घर नै जलाएको आरोप लगाउँनु भएको छ ।

त्यस्तै, खरानी लिन दौडने व्यक्तिहरु यिनै नेताका कार्यकर्ता भएको संकेत बुझ्न सकिन्छ । उहाँले जिन्दगीभरको मेहनतले’ संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो र सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो तर केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको टिप्पणी गर्नु भएको छ । आगो लाग्दै गरेको घरमा सन्तानहरु आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको तर्क गरेका छन् । ओलीले प्रतिनिधि सभा विघटन गरेपछि घरमा आगो लागेको जस्तै भएको बताउँदै डा.भट्टराईले सबैलाई आन्दोलनको लागि आब्हान गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला