Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौ । पुस२० गते
भारतमा एकै दिन १६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १६ हजार ६६० जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा २ सय १५ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ४९ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख ४५ हजार ४७४ जना रहेका छन् ।

भारतमा हालसम्म ९९ लाख भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड११ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ९४ हजार ३३७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ६० हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३८७ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ८ करोढ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १८ लाख ५० हजार ७०३ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।