×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ८ सय रुपैयाँले बृद्धि


काठमाडौं । पुस २० गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ८ सय रुपैयाँले बृद्धि भएको छ । आइतबार तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९५ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनलाई प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यसते चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि एक हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३२५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला