×

TUNGOON

कस्तो रहला तपाईको दिन,हेर्नुहोस् आजको राशिफल



काठमाडौं । पुस २३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ साथै सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ भने आँटेको काम पूरा हुनेछन् ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनपरेको खनेकुरा खान पाईनुका साथै अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ, न्यायिक कार्यमा सफलतापनि सफलता पनि मिल्न सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न्ुका साथै आर्थिक कारोवारमा सफलता पाइने छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो्
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र प्रेम सम्बन्ध कसिलो हुनेछ भने आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज भाग्यले विभिन्न अवसर जुराउनुका साथै मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ भने कला,साहित्य तथा संगीतमा रुचिपनि बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज पराक्रम र उत्साह बढ्ने योग रहेको छ भने उद्योग र व्यापारमा विशेष फाइदा मिल्लनेछ भने सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता
मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
ठीक समयमा सही निर्णय लिन सकिनेछ भने राजनैतिक क्षेत्रमा सफलता मिल्लनुका साथै धार्मिक कार्यको योजना बन्नेछ भने भूमिबाट लाभ रहला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ भने स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ र साझेदारी काममा उल्झन आउनेछ भने बन्न लागेको काम विग्रिनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज समाजसेवामा मन लाग्नुका साथै नयाँ कामको योजना बन्नेछ भने वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ र भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लक्ष्मी प्रसन्न हुने योग रहेको छ भने महत्त्वपूर्ण कामको योजना बन्न्ुका साथै सामाजिक कार्यमा मन जानेछ भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ भने घरमा अतिथीको आगमन हुनसक्छ र साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सहकर्मीबाट विरोध आउनुका साथै लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला भने नियमित खर्चसमेत बढ्ने योग छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला