×

TUNGOON

बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते


काठमाडौं । पुस २३ गते
बुधबार राति सात बजे बागलुङको निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवीनगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए। कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला