×

TUNGOON

कस्तो रहला तपाईको दिन हेर्नुहोस् आजको राशिफल



काठमाडौं । पुस २४ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनुका साथै छोटो दुरीको लाभदायी यात्रा हुनेछ भने अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने भाग्यले साथ दिनेछ र मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनुका साथै शिक्षामा सफलता पाईनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आँटेको र ताकेको कार्य पुरा हुनेछन् भने साहित्यिक क्षेत्रमा रुची बढ्छनुका साथै प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कर्कट
, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो यात्राको योग रहेको छ भने आफन्तबाट सहयोग प्राप्त हुनुका साथै नयाँ कार्यको थालनी हुनेछ र पढाइ लेखाइमा प्रगति हुनेछ ।

सिंह
, मि, मु, मे, मो, टा, टि, टु, टे
आजआफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् भने धार्मिक तथा समाजसेवामा मन लाग्नुका साथै नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ भने धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ र सांगितीक क्षेत्रमा रुची पनि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ भने प्रेममा मनमुटावका साथै मन कमजोर रहला र शिक्षामा अवरोध आउनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज स्वास्थ्यमा प्रति सजक रहनु पर्ने भने सानो तिना समस्यामा अल्झिनुपर्नेछ र शरीरमा स्फूर्ति र उमङ्गको कमी आउन सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ भने बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनुका साथै रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग रहेको छ भने पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् र प्रेम जीवन पनि सफल रहनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नुका साथै अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला भने स्वादिष्ट भोजन पाईनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ भने काम विगार्नेको सक्रिय रहने देखिन्छ र नियमित खर्चसमेत बढ्ने योग छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला