×

TUNGOON

देशभरको मौसम सामान्यतया सफा रहने



काठमाडौं । पुस २४ गते
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर पश्चिमी वायुको प्रभावले आज प्रदेश १ र सुदूरपश्चिम प्रदेशको मौसममा भने सामान्यदेखि आंशिक बदली रहने छ । त्यसैले आज प्रदेश १ र सुदूरपश्चिम प्रदेश बाहेकका अन्य ठाउँको मौसम दिउँसो सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर राति भने भारतमा बनेको निम्नचापीय क्षेत्रको प्रभावले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आशिंक बदली रहने छ । ही प्रणालीको प्रभावले शनिबार देशभरकै मौसम आशिंकदेखि सामान्य बदली हुने महाशाखाको पूर्वानुमान छ । यसैबीच आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार बिहान ५ दशमलव ३ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार बिहान १ डिग्रीभन्दा धेरैले घटेको छ। राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला