×

TUNGOON

आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै,


काठमाडौं । पुस २५ गते
आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र र विरोधसभा गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएक छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले आज प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्न लागेको छ ।

प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने छन्।यही पुसको १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेअनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो।सोही बैठकले आगामी माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकाहरूमा र माघको ८ गते ६ हजार ७४३ वडाहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना निर्णय गरेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला