Spread the love
  • 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares


काठमाडौ. । पुस २५ गते
भारतमा एकै दिन १८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १८ हजार ४८२ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ३२ हजार ५२६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा २ सय २९ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५० हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख २५ हजार ७५६ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड २४ लाख नाघेको छ भने गएको २४ घण्टामा ३ लाख १ हजार ६५५ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ७८ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ९१४ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ८ करोढ ९३ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १९ लाख २२ हजार २०८ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।