×

TUNGOON

आज देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने, चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्क आग्रह


काठमाडौं । पुस २५ गते
आज देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र पश्चिमी वायुको प्रभावले प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज बिहान काठमाडौंको तापक्रम ४ रहन हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

देशको विभिन्न भू–भागमा तापक्रममा गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु विभागले आग्रह गरेको हो । त्यस्तै आज प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहको विभागले जनाएको छ ।

यस्तै आज राति प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले सोमबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला